सन् १८३९ मा रोबर्ट कर्नेलियस नामक व्यक्तिले संसारको पहिलो सेल्फी लिगेका थिए। पहिले सेल्फी लिन अहिले भन्दा धेरै बोझिलो थियो, धेरै बेर सम्म हलचल नगरी बस्नूपर्थ्यो। उनले सेल्फी डेग्युरोटाइप प्रयोग गरेर लिगेका थिए; डेग्युरोटाइप प्रारम्भिक फोटोग्राफीको विधि हो। कर्नेलियसले फोटो लिनको लागि क्यामेराको अगाडि १५ मिनेटसम्म चुपचाप उभिएका थिए।

उनले आफ्नो पसलको पछाडि क्यामेरा सेटअप गरेका थिए र त्यहिबाट संसार कै पहिलो सेल्फी लिगेका थिए।उनले लिएको सेल्फी फोटोग्राफीको प्रारम्भिक दिनहरूमा एक महत्वपूर्ण क्षण थियो। 

जब तपाइँ आफ्नो सेल्फी लिनुहुन्छ, रोबर्ट कर्नेलियस र उनको १५ मिनेटको धैर्यता सम्झनुहोस् जसले यो सबै सुरु गर्यो। हामी हाम्रो जीवनका पलहरू कैद गर्न र साझेदारी गर्नमा कति टाढा आइपुगी सकेका छौं भनेर यो एउटा राम्रो रिमाइन्डर हो।