“रोबोट” शब्दको एक रोचक उत्पत्ति छ – यो चेक(Czech) शब्द “रोबोटा” बाट आएको हो, जसको अर्थ श्रमिक हो। यो शब्द चेक नाटककार कारेल कापेक (Karel Čapek) ले आफ्नो नाटक “R.U.R.” (Rossum’s Universal Robots) | “आर.यू.आर” (रोस्सम यूनिभर्सल रोबोट्स) मा उल्लेख गरेका थिए।

“रोस्सम यूनिभर्सल रोबोट्स” कृत्रिम प्राणीहरू सिर्जना गर्दा सम्भावित जोखिमहरू र नैतिक दुविधाहरूको बारेमा देखाइएको नाटक हो। नाटकमा, कापेकले एउटा संसारको परिचय दिन्छन् जहाँ रोबोट मानिसहरूको काम गरेर सेवा गरिरहेका हुन्छन्। एक समयमा नाटकले अँध्यारो मोड लिन्छ, जब रोबोटहरूले आफ्ना सृष्टिकर्ताहरू अर्थात् मानिसहरु विरुद्ध विद्रोह गर्छन्, यसले डिस्टोपियन (एक काल्पनिक राज्य/समाजसँग सम्बन्धित, जहाँ ठूलो पीडा वा अन्याय खेप्नुपर्ने) भविष्यतर्फ डोऱ्याएको देखाउँछ।

कापेकको योगदानलाई महत्त्वपूर्ण बनाउने कुरा भनेको “रोबोट” शब्दको परिचय मात्र होइन, उनको कथाले द्रुत प्राविधिक विकासको नतिजाको बारेमा गरेको छलफल पनि हो। अमानवीकरण र अनियन्त्रित प्रगतिको प्रभावको बारेमा हाइलाइट गर्दै, यो नाटकले मानव र उनीहरूले सिर्जना गर्ने मेसिनहरू बीचको सम्बन्धको बारेमा महत्त्वपूर्ण प्रश्नहरूको अन्वेषण गरेको छ।